२०७५ असार २७ गते, बुधबार   वर्ष ३५, अंक २९
मिति(२०७५ आषाढ ३२, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
नेकपा (मसाल) को सहायक संगठन अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न
३३ सदस्यीय केन्द्रीय समिति,  एक सय ११ सदस्यीय राष्ट्रिय परिषद गठन 
अध्यक्षमा अनिल किशोर घिमिरे र महासचिवमा कृष्णराज पाण्डे निर्वाचित
काठमाडौँ । नेकपा (मसाल) को सहायक सङ्गठन अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २०७५ वैशाख २८ देखि ३० सम्म कास्कीको पोखरामा चलेको उक्त सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनप्रिय नेता चित्र बहादुर केसीले गर्नु भएको थियो । सम्मेलनले अनिल किशोर घिमिरे अध्यक्ष र कृष्णराज पाण्डे महासचिव रहनु भएको ३३ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । सम्मेलनले राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन, विधान र ३५ बुँदे विशेष प्रस्ताव समेत पारित गरेको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
मोदीलाई अभिनन्दन गर्नु गलत ः राजमो
काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत र अभिनन्दन गर्नु गलत भएको बताएको छ । मोदीको नेपाल भ्रमणबारे पार्टीको धारणा स्पष्ट पार्दै राजमो अध्यक्ष चित्रबहादुर के.सी.ले २०७५ जेठ १ गते जारी गर्नु भएको प्रेस वक्तव्यमा उक्त कुरा बताइएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
विस्तारवादी नीति पुरा गर्न मोदीको नेपाल भ्रमण ः मसाल
काठमाडौँ । नेकपा (मसाल) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ‘मित्रताका आडमा आफ्नो विस्तारवादी नीति पुरा गर्ने उद्देश्यबाट’ भएको बताएको छ । यति बेला मोदी नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । तर नेकपा (मसाल) ले मोदी नेपाल आउनु अगाडि नै उनको भ्रमण पछाडि लुकेको स्वार्थ प्रष्ट पारेको थियो । मोदीलाई अभिनन्दन गर्न जनकपुरमा निकै तामझामपूर्ण तरिकाले चलाइएको तयारीलाई नेकपा (मसाल) ले “नेपालको राष्ट्रिय स्वाभिमान विरुद्धको कुरा” बताएको थियो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
राष्ट्रघाती सम्झौताका विरुद्ध राजमोको सभा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली स्वाभिमान र सार्वभौमिकतामाथि चोट पुग्ने गरी भएका कतिपय कार्य र राष्ट्रघाती अरुण तेस्रो जलविद्युत आयोजना सम्झौताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले काठमाडौँमा विरोध सभा सम्पन्न गरेको छ । नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला २०७५ वैशाख २९ गते काठमाडौँको गोङगबुस्थित बी.जी. मल अगाडि राजमोले सो विरोध सभा सम्पन्न गरेको थियो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
संघीयता सफल भए नेपालको अस्तित्व समाप्त ः केसी
पोखरा । राष्ट्रिय जनमोर्चा एवं सङ्घीयता विरुद्ध राष्ट्रिय अभियानका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा सङ्घीयता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । “सार्वभौम संसदमा एक मिनेट पनि छलफल नगरी नेपालमा जबर्जस्ती रुपमा ल्याइएको हो सङ्घीयता” अध्यक्ष केसीले भन्नु भएको छ– “नेपालमा सङ्घीयता सफल हुनु भनेको नेपाल देशको अस्तित्व नै समाप्त हुने हो । हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नैका लागि विस्तारवादको डिजाइनमा नेपालमा सङ्घीयता भित्राइएको हो ।”

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal