२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
‘अमानवीय’ बन्दै ओली सरकार
स्वास्थ्य क्षेत्रका विकृति विरुद्ध डा. गोविन्द केसीको अनसन जारी
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा मौलाइरहेका विकृतिहरुको अन्त्यका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति दिन–प्रतिदन नाजुक बन्दै जाँदा पनि ओली सरकार डा. केसीले उठाएका मागप्रति गम्भीर देखिएको छैन । डा. गोविन्द केसीले उठाएका मागहरुप्रति स्वयं प्रधानमन्त्रीले दिने गरेका अभिव्यक्तिहरुले ओली सरकारले ‘अमानवीय’ पदमार्ग पछ्याएको छनक दिएका छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
काठमाडौं।  मुलुकले सङ्घीयताको अभ्यास गरेको महिनौँ बितिसक्दा समेत दुई वटा बाहेक प्रदेशले नाम र राजधानीको टुङ्गो लगाउन सकेका छैनन् । अहिलेसम्म प्रदेश ६ र ४ ले मात्रै प्रदेशको नाम तथा स्थायी राजधानी तोकेका छन् । बाँकी प्रदेशमा त्यसबारे छलफल समेत हुन सकेको छैन । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं। राष्ट्रिय जनमोर्चाले आफ्ना पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाका पिता एक बहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७५ असार २४ गते एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोक–सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
सांसद पौडेलद्वारा आत्मालोचना
काठमाडौं।  राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाका सांसद दुर्गा पौडेलले आफूले ५ नं. प्रदेशको राजधानी बुटवल हुनु पर्दछ भनी दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्नु भएको छ । २०७५ असार २० गते प्रेस वक्तव्य जारी गर्दैै आत्मालोचना गरिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
राजमोको सभा सम्पन्न
धनगढी । राष्ट्रिय जनमोर्चाले धनगढीको मार्कमोडमा सभा सम्पन्न गरेको छ । राजमोको केन्द्रीय प्रचार अभियान अन्तर्गत २०७५ असार २२ गते सो सभा सम्पन्न गरिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal