२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
मुख्यमन्त्री बैठकबाट सङ्घीयता असफल भएको पुष्टि
काठमाडौँ । केही दिन अघि सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा उनीहरूले दिएको अभिव्यक्तिबाट सङ्घीयता अथवा प्रादेशिक संरचना असफल भएको निष्कर्ष नेकपा (मसाल) ले निकालेको छ । २०७५ भदौ २६ गते प्रेस वक्तव्य जारी गर्दैै पार्टीले यस्तो निष्कर्ष निकालेको हो ।
पार्टीका महामन्त्री मोहन विक्रम सिंहद्वारा हस्ताक्षरित वक्तव्यमा मुख्यमन्त्रीहरूले बैठकमा दिइएको अभिव्यक्तिबाट प्रादेशिक संरचना (सङ्घीयता) असफल भएको दावी गरिएको छ । पार्टीले उक्त बैठकमा भएको छलफलबाट सङ्घीयता चल्न नसक्ने पुष्टि भएको ठहर गर्दै त्यसलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्ने धारणा प्रस्तुत गरिएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
विष्टमाथि कुटपिटको राजमोद्वारा भत्र्सना
काठमाडौँ । राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टमाथि काङ्ग्रेस समर्थकहरूले कुटपिट गरेकोमा राजमो केन्द्रीय कार्यालयले तीव्र शब्दमा भत्र्सना गरेको छ । राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७५ भदौ २६ गते प्रेस वक्तव्य जारी गर्दै सो भत्र्सना गर्नु भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
१ नंं प्रदेशमा संयुक्त सङ्गठनात्मक अभियान
इटहरी । राष्ट्रिय जनमोर्चा, अखिल नेपाल युवक सङ्घ, अखिल (छैठौँ), अखिल नेपाल जनजाति सम्मेलन र अखिल नेपाल महिला सङ्घले १ नं. प्रदेशमा भदौ २३देखि असोज १५ गतेसम्म विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएका छन् । २०७५ भदौ २३ गते नेकपा (मसाल) निकट ती पाँच सङ्गठनहरूको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
समताले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडौँ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक पुगिसक्दा पनि दलित समुदायमाथिको भेदभाव, छुवाछूत, ज्यादती, उत्पीडन र शोषण कतिपय स्थानमा पञ्चायत कालीन समाजमा जस्तो व्यवहार देखा परेको भन्दै जातीय समता समाजले देशभरिबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समाजको केन्द्रीय निर्णय अनुसार जिल्ला समितिहरूले २०७५ भदौ २४ गते सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
सङ्घीयता नै करवृद्धिको कारक ः सिंह
सन्धिखर्क । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले सङ्घीय संरचनाको कारण मुलुकमा करवृद्धि भएको बताउनु भएको छ । सङ्घीय व्यवस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानीय तहको बजेट कटौती गरेकै कारण करवृद्धि भएको उहाँको भनाइ रहेको छ । कार्यकर्ता भेटघाटको सिलसिलामा २०७५ भाद्र २२ गते सदरमुकाम सन्धिखर्कमा एक आर्यक्रमबीच महामन्त्री सिंहले कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो बताउनु भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal