२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
भाकपा (माले) रेडस्टारको एघारौँ महाधिवेशन सम्पन्न
बैङ्गलोर (भारत) । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) रेडस्टारको एघारौँ महाधिवेशन नोभेम्बर २७देखि डिसेम्बर १, २०१८ तदनुसार २०७५ मङ्सिर ११देखि १५ गतेसम्म कर्नाटकको राजधानी बैङ्गलोरमा सम्पन्न भएको छ । महाधिवेशनबाट के.एन. रामचन्द्रन पुनः महासचिवमा चुनिनु भएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा जुलुश
महाधिवेशनको पूर्व सन्ध्यामा नोभेम्बर २६ का दिन बैङ्गलोरमा जुलुस प्रदर्शन गरिएको थियो । पार्टी महासचिव के.एन. रामचन्द्रनको नेतृत्वमा भाकपा (माले) रेडस्टारको एघारौँ महाधिवेशन अन्तर्गत म्याजेस्टी गेटबाट जुलुस प्रदर्शन सुरु भएको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
रेडस्टारसितको भाइचारा चिनियाँ प्रतिक्रान्तिदेखि निरन्तर ः सिंह
बैंङगलोर (भारत) । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भाकपा (माले) रेडस्टारसितको भाइचारा सम्बन्ध चिनियाँ प्रतिक्रान्तिदेखि निरन्तर भएको बताउनु भएको छ । भाकपा (माले) रेडस्टारको एघारौँ महाधिवेशनलाई शुभकामना दिंदै महामन्त्री सिंहले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
महाधिवेशनलाई अङ्ग्रेजी भाषामा दिइएको शुभकामनामा महामन्त्री सिंहले चिनियाँ प्रतिक्रान्तिको विरोधको सिलसिलायता क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) गठनको क्रममा भाकपा (माले) रेडस्टारसित भाइचारा सम्बन्ध निरन्तर कायम भएको बताउनु भयो । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
कुवेतबाट नेपाल फर्किदा सिफारिस वापत् शुल्क लिइँदै
काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेतबाट छुट्टीमा नेपाल फर्कन थालेकाहरूका लागि सिफारिस पत्र लिन अनिवार्य गरेको छ । मन्त्री परिषद्को २०७५ कार्तिक २७ गतेको निर्णय भन्दै दूतावासले यस्तो सिफारिस बनाउन थालेको हो ।
दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माका अनुसार मन्त्री परिषद्ले यससम्बन्धी निर्णय गरिसकेको छ, तर लिखित पत्र पठाइसकेको छैन । उहाँले मन्त्रालयको निर्देशन आइसकेकाले लिखित पत्र आउनुभन्दा पहिले नै यो प्रावधान लागु गरिरहेको बताउनु भएको छ । सहचारी शर्माले भन्नु भएको छ– कुवेतबाट फर्कने प्रत्येक कामदारले सिफारिस पत्र लिनै पर्दछ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
सरकारको सहभागिता संविधानको स्प्रिट विरुद्ध
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले मङ्सिर १५ र १६ गते राजधानीमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागितालाई संविधानको स्प्रिट विरुद्ध भएको बताएको छ । राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७५ मङ्सिर १८ गते प्रेस वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
३२ सूत्रीय माग पुरा गर्न शिक्षक सङ्घको आग्रह
काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले शिक्षकहरूको हक–हित र अधिकारसित सम्बन्धित ३२ सूत्रीय मागहरू तत्कालै पुरा गर्न आग्रह गरेको छ । सङ्घले २०७५ मङ्सिर १४ गते प्रेस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सङ्घका राष्ट्रिय अध्यक्ष सानोभाइ कार्कीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा मङ्सिर १३ गते अखिल नेपाल शिक्षक सङ्घ राष्ट्रिय समितिको वैठक बसेको जानकारी गराइएको छ । वैठकद्वारा गरिएका निर्णयहरूलाई सार्वजनिक गर्न भनिएको प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ– “अखिल नेपाल शिक्षक सङ्घ राष्ट्रिय समितिको वैठक २०७५ मङ्सिर १३ गते काठमाडौँमा बस्यो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal