२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले टिकापुर काण्डका ‘मुख्य अभियुक्त’ रेशम चौधरीलाई सपथ ग्रहण गराएर माननीयको सम्मान दिनु अत्यन्त आपत्तिजनक कार्य भएको बताएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा जुन घटना घट्यो त्यो सम्झँदा मात्र पनि जो कोहीको आङ जिरिङ हुन्छ । थारुहट आन्दोलनका नाममा जम्मा भएको हतियारधारी जत्थाले एसएसपी लक्ष्मण न्यौपाने सहित सात सुरक्षाकर्मीलाई खेदाइ–खेदाइ भाला, तरवार र खुँडाले प्रहार गर्दै जिउँदै आगो लगाएर मारेको थियो । त्यति मात्र होइन त्यो अराजक जत्थाले घर आँगनमा खेलिरहेको एक दुधे बालकको समेत हत्या गरेको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
विरोध गर्न राजमोको अपिलअभियुक्त रेशम चौधरीलाई सांसदको सपथ गराइएको घटना प्रति राष्ट्रिय जनमोर्चाले आफ्नो गम्भीर रूपमा ध्यानकर्षण भएको जनाएको छ । उक्त कार्यलाई आपत्तिजनक बताउँदै राजमोले सरकारको त्यस प्रकारको सम्झौतापरस्त कार्यको विरोध गर्न जनतासँग अपिल गरेको छ । राजमो अध्यक्ष चित्र बहादुर के.सी.द्वारा २०७५ पौष २० गते जारी प्रेस विज्ञप्तिमा सो अपिल गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“टिकापुर काण्डका मुख्य फौजदारी अभियुक्त, डिल्लीबजार कारागारमा उक्त अभियोगको पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई सरकारको निर्णयले हिजो प्रतिनिधि सभा सांसदको सपथ ग्रहण गराइएकोप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
समताको राष्ट्रिय भेला सम्पन्न
बुटवल । जातीय समता समाजको नवौँ राष्ट्रिय भेला यही पौष २० र २१ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । 
समता समाजमा अध्यक्ष दिल बहादुर विकको अध्यक्षता, महासचिव गोविन्द विकको सञ्चालन र उपाध्यक्ष टिका बहादुर विकको स्वागत रहेको नवौँ राष्ट्रिय भेलाको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पानसमा द्वीप प्रज्ज्वलन गरी तालीको गडगडाहटका बीच गर्नु भयो । आफ्नो उद्घाटन भाषणको क्रममा उहाँले जातीय मुक्ति वर्गीय मुक्तिसित जोडिएको बताउँदै हाम्रो मुक्ति के हो ? हाम्रो वर्ग कुन हो ?
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
काठमाडौँ । नेकपा (मसाल) ले देशको प्रशासन यन्त्र नै गम्भीर रूपले भ्रष्ट भएको प्रष्ट भएको बताएको छ । वाइडवडी जहाज खरिद प्रकरणमा देखिएको अनियमितता, नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासित सम्बन्धित भ्रष्टचार र त्यसभन्दा अघि आएका भ्रष्टचारसम्बन्धी तथ्यहरूले देशको प्रशासन यन्त्र नै भ्रष्ट भएको प्रष्ट भएको नेकपा (मसाल) को धारणा छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खडका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्काले १८ करोड ६६ लाख पाँच हजार छ सय २९ रूपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ । अख्तियारको आरोप पत्र अनुसार खडकाले आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रूपैयाँ मात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रूपैयाँ जोडेको भेटिएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal