२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
नागरिकता विधेयक विरुद्ध देशव्यापी कार्यक्रम
काठमाडौँ । नागरिकता विधेयक विरुद्ध सङ्घर्ष समन्वय समितिले देशव्यापी रूपमा सङ्घर्षको कार्यक्रम अगाडि बढाइरहेको छ । त्यसै क्रममा नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, पुष्पलाल अध्ययन समाज र राष्ट्रिय जागरण परिषद नेपाल आबद्ध रहेको उक्त सङ्घर्ष समन्वय समितिले २०७५ चैत्र १९ गते काठमाडौँको रत्नपार्क–शान्तिवाटिकामा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्‍यो ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिले संसदमा प्रस्तुत नागरिकता संशोधन विधेयक नेपाली जनताले नागरिकता पाएनन् भन्ने चिन्ताले नभएर विदेशीहरूलाई नागरिकता दिन, विशेष गरी भारतीयहरूलाई नागरिकता प्रदान गर्नका लागि ल्याइएको हो भन्नु भयो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
प्रलेसको एकताबद्ध परम्परा कायम राख्न मसालको अनुरोध
काठमाडौँ । नेकपा (मसाल) ले प्रगतिशील लेखक सङ्घको एकताबद्ध परम्परालाई कायम राख्न अनुरोध गरेको छ । २०७५ चैत्र १८ गते पार्टीले एक वक्तव्य जारी गर्दै यस्तो अवधारणा व्यक्त गरेकोे हो ।
पार्टीका केन्द्रीय प्रवक्ता राम प्रकाश पुरीद्वारा हस्ताक्षरित वक्तव्यमा यस्तो अवधारणा व्यक्त गरिएको छ । पार्टीले सामन्तवाद तथा साम्राज्यवाद विरोधी साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत भएको बताइएको छ । पार्टीले यस्तो कार्यलाई विरोधी पक्षलाई फाइदा पुग्ने बताएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
बारा–पर्साका पीडितलाई क्षतिपूर्ति र राहत दिन राष्ट्रिय जनमोर्चाको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बारा–पर्साका आँधीहुरी पीडितका लागि तत्कालै क्षतिपूर्ति, उपचार र राहतको माग गरेको छ । सर्वप्रथमतः मृतकहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारजनप्रति समवेदना प्रकट गर्दै राजमोले यस्तो माग गरेको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
साम्राज्यवादको अधिकतम शर्त स्वीकार्ने प्रतिबद्धता गलत ः मसाल
काठमाडौँ । नेकपा (मसाल) ले लगानी सम्मेलनको सन्दर्भमा साम्राज्यवादी देश वा बहुराष्ट्रिय कम्पनीहरूको शर्तलाई अधिकतम रूपमा स्वीकार गर्ने सरकारको प्रतिबद्धतालाई गलत बताएको छ । २०७५ चैत्र १९ गते पार्टीले प्रेस वक्तव्य जारी गर्दैै यस्तो अवधारणा सार्वजनिक गरिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
किसान महासङ्घका वस्तुगत भेला सम्पन्न
बुटवल । अखिल नेपाल किसान महासङ्घ वस्तुगत उत्पादकहरूको राष्ट्रिय भेला २०७५ चैत्र १७ गते बुटवलमा सम्पन्न भएको छ । प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले भेलाको उद्घाटन गर्नु भएको थियो । सो भेलामा विभिन्न जिल्लाबाट दूग्ध उत्पादक, पशुपालक, कृषि उत्पादक, तरकारी, फलफूल, डेयरी उत्पादक किसानहरूको प्रतिनिधित्व रहेको थियो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal