२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
शुल्क घटाउन तीन दिने अल्टिमेटम
काठमाडौँ । निजी विद्यालयहरूले बढाएको शुल्क तत्काल घटाउन अखिल (छैठौँ) सहितका विद्यार्थी सङ्गठनहरूले माग गरेका छन् । उनीहरूले २०७४ वैशाख ५ गते संयुक्त रूपमा शिक्षा मन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउँदै तीनभित्र शुल्क घटाउन पहल गरी दिन माग गरेका हुन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
डोल्पामा जिप दुर्घटना
दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भिठ्ठीबेसीबाट सदरमुकाम दुनै आउँदै गरेको भे१च १२५१ नम्बरको जिप २०७४ वैशाख ५ गते दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
प्राकृतिक ग्याँस भेटियो
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा खानेपानी निकाल्न डिप बोरिङ अर्थात् जमिनमुनिको पानी निकाल्ने क्रममा आगो बलेको छ । उक्त आगो जमिनमुनिको प्राकृतिक ग्याँसका कारण बलेको अनुमान गरिएको छ । यससँगै भक्तपुरमा ज्वलनशील प्राकृतिक ग्याँस भेटिएको बताइएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रदर्शनी मार्गका शिक्षण संस्थाहरू सञ्चालन भई रहेको अवधिमा भृकुटी मण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
राजमो उपमनपाको भेला सम्पन्न
हेटौँडा । राष्ट्रिय जनमोर्चा हेटौँडा उपमहानगरपालिका समितिको भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा पुण्य प्रसाद तिमिल्सिना, उपाध्यक्षमा ओविन्द्र लुइटेल, सचिव अर्जुन न्यौपाने, सहसचिवमा कल्पना बिडारी र कोषाध्यक्षमा नवराज खरेल रहनु भएको छ । त्यस्तै, सदस्यमा पुष्पलाल काफ्ले, कल्पना बस्नेत लगायत रहनु भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal