२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो
काठमाडौँ । आ.व. २०७४÷७५ मा नेपालको व्यापार घाटा वर्ष ११ खर्ब ६२ अर्ब १० करोड रूपैयाँ पुगेकोे छ । यो घाटा गत आ.व. २०७३÷७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो ।
आ.व. २०७४÷७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो । यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रूपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिँदा ८१ अर्ब १९ करोड रूपैयाँको नेपाली वस्तु विदेशी बजारमा पुगेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
गृहमन्त्रीलाई महिला सङ्गठनहरूको ज्ञापन
काठमाडौँ । महिला हिंसा, बलात्कार र हत्याका घटना दिनानुदिन बढ्दै जान थालेपछि त्यस्ता घटनाका अपराधीलाई कडाभन्दा कडा कार्वाहीको माग गर्दै अखिल नेपाल महिला सङ्घ लगायतका महिला सङ्गठनले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । २०७५ श्रावण १८ गते गृह मन्त्रालयको कार्यालय सिंहदरबार काठमाडौँमा उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री राम बहादुर थापाले “बलात्कार र हत्या जस्ता घटनाका दोषीहरूलाई सजाय गर्न आफूहरू तुरुन्त एक्सनमा जाने” बताउनु भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
छलछाम नगर्न डा. केसीको चेतावनी
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न छलछाम गरिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सरकारसँग सहमति गरेर पन्ध्रौँ पटकको अनशन तोडेका डा. केसीले आफूसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । सरकारसँगको सम्झौतापछि २७ दिन लामो अनशन तोडेर त्रिवि शिक्षण अस्पतालामा उपचाररत डा. केसीले मङ्गलबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
गड्डाचौकी–बुटवल रेलमार्गको डी.पी.आर. मस्यौदा तयार
काठमाडौँ । पूर्व–पश्चिम रेलमार्ग अन्तरत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन (डी.पी.आर.) को मस्यौदा तयार भएको छ । चार सय २१ किलोमिटरको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डको प्रतिवेदन आएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
नेपाली टोली सियान जाँदैकाठमाडौँ । सरकारले केरुङ–काठमाडौँ रेलमार्गबारे छलफल गर्न नेपाली प्रतिनिधि मण्डल चीन पठाउने भएको छ । सो परियोजनाको प्रतिवेदनमा छलफल गर्न नेपाली टोली आगामी भदौ ४ गते चीन जाने भएको हो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal