२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
गैँडाकोट (नवलपुर) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनाप्रिय नेता चित्र बहादुर केसीले सङ्घीयता खारेज गर्न जनता अब उठ्नै पर्ने बेला आएको बताउनु भएको छ । “सङ्घीयता खारेज गर्नुको अब कुनै अर्को विकल्प छैन” अध्यक्ष केसीले भन्नु भएको छ– “तपाईहरूलाई यो असम्भव जस्तो लाग्ला, तर यो सम्भव छ । यो प्रदेश संरचना खारेज गरौँ, प्रदेशको मन्त्रिमण्डल, संसद खारेज गरौँ, प्रदेशमा लाग्ने खर्च गाउँपालिका र नगरपालिकामा लैजाऔँ, कलकारखाना खोलौँ, अनि खरबौको खर्चबाट मुक्त भइन्छ ।” तसर्थ सङ्घीयता खारेज गर्न जनता अब उठ्नै पर्ने बेला आयो ।”

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
बुटवल । अखिल नेपाल वुद्विजीवी सङ्घले बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नै कारण सरकार कमजोर देखिएको बताउनु भएको छ । उहाँले महङ्गी, कालोबजारी, भ्रष्टाचारलाई रोक्न नसकेर सामान्य खालका अपराधी, हत्यारा र बलात्कारीलाई छोप्न नसकेर सरकार बदनाम भएको बताउनु भयो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशमा दिनप्रतिदिन घट्दै गइरहेका अपराधिक घटनामा सरकार निरिह र लाचार बन्दै गैरहेको बताएको छ । बलात्कार र हत्याको मुद्दा फास्टट्रयाकबाट सुनुवाई गर्ने अदालतको निर्णयलाई राजमोले स्वागत गरेको छ ।
राजमोकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलद्वारा २०७५ आश्विन १६ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
रोल्पा । सङ्घीयता चाहिदैन करवृद्धि गर्न पाइदैन भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा रोल्पाले सुलिचौरमा विरोध सभा सम्पन्न गरेको छ । सुलिन स्मृति गाउँपालीका–४ सुलिचौरमा २०७५ असोज १४ गते सम्पन्न विरोध सभामा राजमोका नेता तथा कार्यकर्ताहरूको सहभागितामा रहेको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
खड्का अपहरणको विरोध
खलङ्गा । राष्ट्रिय जनमोर्चा रोल्पाका सचिव डम्बर खड्कालाई नेपाली सेनामा कार्यरत जवानले अपहरण गरी यातना दिएकोमा राजमो रोल्पाले विरोध गरेको छ । राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्टले २०७५ असोज १५ गते प्रेस वक्तव्य जारी गर्दै विरोध गर्नु भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal